Nepali Film

संघिय लिम्वुवान राज्य परिषद्लाई बन्द स्थगित गरी वार्तामा आउन आग्रह

शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडिले तीन देखि पूर्वका नौ जिल्लाहरु बन्द गरिरहेका संघिय लिम्वुवान राज्य परिषद्लाई बन्द, हड्ताल स्थगित गरी वार्तामा आउन आव्हान गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री पहाडिले वार्तामा आउन आव्हान गरेका हुन् । विज्ञप्तिमा नेपालको पुर्वि क्षेत्रमा गरेको बन्द हडताल लगायतका विरोधका कार्यक्रमप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ ।

परिषद्ले सरकारसंगको पूर्व सहमति अनुसार राज्य पुनर्संरचना आयोगमा आफ्नो पार्टीको प्रतिनिधित्व माग गर्दै तीन दिन देखि आम हड‍्ताल गर्दै आएको छ ।

शान्तिपुर्ण वार्ताको माध्यमबाट समाधान निकाल्न सकिने स्पष्ट पार्दै वार्ताका लागि मन्त्रालय तयार रहेको मन्त्री पहाडिले जनाएका हनु् ।

यसअघि पनि परिषदसँग वार्ताहरु भएको जानकारी दिंदै मन्त्री पहाडिले वार्तामा भएका सहमतिहरु कार्यान्यनका लागि सम्वन्धीत निकायहरुमा पठाइसकिएको व्यहोरा स्पष्ट समेत पारेका छन् ।

वन्द हडताल लगायतका विरोधका कार्यक्रमहरुले जनतामा नकारात्मक असर पर्ने भएकाले आजैका मितिबाट त्यस्ता कार्यक्रमहरु स्थगित गरी वार्ताको टेवुलमा आउन पनि अपील गरिएको छ ।

त्यसैगरी विभिन्न शसस्त्र समुहसँग वार्ता गर्न सरकारद्धारा मन्त्री पहाडि नेतृत्वमा गठित वार्ता टोलीको मंगलबार बसेको बैठकले अहिलेसम्म सम्पर्कमा रहेका विभिन्न शसस्त्र समुहहरुलाई वार्तामा आउन आव्हान गरेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडिको संयोजकत्वमा शान्ति मन्त्रालय सिंहदरबारमा बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

समितिमा विना विभागिय मन्त्री र गृह राज्यमन्त्री सदस्य रहेका छन् ।

शान्ति तथा पुननिर्माण मन्त्रालयले तराईका विभिन्न शसस्त्र समुह, पुर्वका लिम्वुवान लगायतका समुहसँग पनि वार्ता गर्दै आएको छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News