Nepali Film

चीनको एक कम्पनीसँग पाँचवटा जहाज किन्ने र तीनवटा अनुदानमा लिने सहमति

मन्त्रिपरिषद्लाई पत्तै नदिई पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगरले चीनको एक कम्पनीसँग पाँचवटा जहाज किन्ने र तीनवटा अनुदानमा लिने सहमति गरेका छन् । नेपाल बायुसेवा निगमका लागि १९ सिट क्षमताका ५ र ५० देखि ७० सिट क्षमताका तीनवटा जहाज लिने खरिद सहमतिमा उल्लेख छ । सवैको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँ पर्छ । ५ जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ तिर्नु पर्छ । यो सहुलियत ऋणमा किनिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दा मन्त्रालयका अधिकारी र माओवादी नेता जनार्दजन शर्मा उपस्थीत थिए भने निगमका तर्फबाट कोही पनि उपस्थीत थिएनन् । चीनले सहुलियतपूर्ण ऋण र अनुदानमा जहाज दिने प्रस्ताव गरेपछि निगमले सो प्रस्तावलाई मन्त्रालयसमक्ष लगेको थियो । तर कुनैपनि सरकारी निकायले वैदेशिक सहायता वा ऋण लिनुअघि अर्थमन्त्रालयको सहमति र मन्त्रीपरिषद्को स्वीकृति लिनैपर्छ । पर्यटनमन्त्री बिष्टको भनाइ भने दुवै देशका उच्च सरकारी तहमा कुरा भएपछि मात्र आफुले प्रकृया अगाडी बढाएको र उक्त प्रस्ताव आगामी मन्त्रिपरिषद् वैठकमा लैजाने रहेको छ l मन्त्री बिष्टको भनाइमा त्यो सजिलै पास पनि हुने छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News