मुन्नाभाइ र सर्किटका यानहरूलाई खुसीको खबर । मुन्नाभाइ शृंखलाको तेस्रो भाग सन् २०१२ भित्र बन्ने भएको छ । शीर्षक पहिले घोषणाबमोजिम नरहे पनि मुख्य भूमिकामा भने सञ्जय दत्त र अरसद वारसी नै देखिनेछन् ।
'मुन्नाभाइ चले अमि्रका' बनाउने भनेर चुप लागेका निर्देशक राजकुमार हिरानी र निर्माता विधुविनोद चोपडा यति बेला आउँदो वर्षभित्र 'मुन्नाभाइ की आत्मकथा' ल्याइछाड्ने गरी काममा लागेका छन् ।'सञ्जय र अरसद नै मुन्ना र सर्किटका रूपमा दोहोरिनेछन्,' चोपडाले भने, 'हामी स्क्रिप्टको काममा लागिरहेका छौं । फिल्म आउँदो वर्षभित्र पक्कै आउनेछ ।'
मुन्नाभाइको तेस्रो भागमा 'थ्री इडियट्स' का सफल जोडी आमिर खान र सरमन जोशीलाई खेलाइने कुराले एक बार बलिउड तातेको थियो ।