भारतको एक अदालतले फेसबुकसहितका सामाजिक नेटवर्किङ साइटहरुलाई आगामी फेब्रुअरी ६ सम्ममा अश्लिल सामाग्रीहरु हटाउन निर्देशन दिएको छ । जसमा फेसबुक, माइक्रोसफ्ट, गुगल, याहु, युट्युब पनि छन् ।पाटियाला हाउस अदालतले विषयबस्तुहरु नहटाए मुद्धाको सामना गर्न पनि सामाजिक नेटवर्किङ साइटहरुलाई भनेको छ । अदालतले यसबारे तत्काल आवश्यक कदम चाल्न र १३ जनबरीसम्म लिखित रुपमा रिपोर्ट पेश गर्न केन्द्र सरकारलाई निर्देशन दिएको छ ।
सामाजिक नेटवर्किङ साइटहरुविरुद्ध तीन दिन पहिले मुद्धा परेको थियो । सुनुवाईका क्रममा अदालतले फेसबुक, गुगल र युट्युबलाई धर्म विरोधी र असामाजिक सामाग्रीहरु साइटमा नदेखाउने भनेको थियो । अदालतले भनेको छ, यसले धार्मिक भावनामा ठेस पुर्याउँछ ।
