-वरपरका अन्य क्याफे, रेस्टुरेन्ट या होटलतिर बिहानै फास्ट बिटका अंग्रेजी गीत बज्न थाल्दा थाइल्यान्डको यो पर्यटकीय सहरको सोई (गल्ली) नम्बर ५ भित्र एउटा रेस्टुरेन्टमा भने 'गणेश बन्दना' बाट दिनचर्या सुरु हुन्छ । गणेशसँगै लक्ष्मीको तस्बिरमा धुपबत्ती गरिरहेका हुन्छन्- २० वषर्या तन्नेरीद्वय सीता कार्की र शान्ति जैसी । बिहान छिप्पिँदै जाँदा ३५ वषर्य गोकुल प्रधान चाहिँ रेस्टुरेन्टको रिसेप्सनमा टाई सुट लाएर खडा हुन्छन् । जसै किचेनबाट नेपाली दाल-भात, तरकारी र मासुको परिकारको बास्न आउन थाल्छ, मोबाइल सेटमा नेपाली गीत सुन्दै आगन्तुकलाई स्वागत गर्न बाहिर खडा हुन्छन् ३० वर्षीय राजन थापा ।
पटायाको समुद्र किनार पछ्याउँदै वाकिङ स्टि्रटबाट पूर्वतिर अघि बढ्दा दायाँपट्ट भेटिने चिम्नी रेष्टुरेन्टको विशेषता के हो भने, ग्राहकको घुँईचो १२ बजेपछि मात्रै सुरु हुन्छ, तीन बजेपछि लगभग सुनसान । सुमुद्र सयर, कोरल बीचको मस्ती र मुख्य पर्यटकीय थलोहरू घुमेपछि प्याकेज प्रोग्राममा आएकाहरू दाल, भात र तरकारीको स्वाद लिन यही चिम्नी आइपुग्छन्, जहाँ १२ बजेपछि बफेट खुल्ला हुन्छ र अपराह्न तीन बजे बन्द ।
'परिकार मिल्ने भएकाले मुख्यगरी भारतीयहरू आउँछन्,' चिम्नीका कर्मचारी प्रमुख गोकुलले भने, 'पटाया घुम्न आएका नेपालीहरू पनि मौलिक स्वाद खोज्दै यहाँसम्म आइपुग्छन् ।' उनले उच्चारण गरेको 'नेपाली मौलिक स्वाद' कति गर्विलो सुनिन्थ्यो भने मानौं उनी यो समुद्री किनारमा नेपाली स्वादको ब्रान्ड एम्बासडर हुन । रोचक के भने थाई मालिकको यो रेस्टुरेन्टमा उनले नेतृत्व गरेका सबै कामदार नेपाली भाषा बोल्छन्, नेपाली गीत सुन्छन् र नेपालकै म्युजिक भिडियो र फिल्म हेर्छन् तर खास थातथलो चाहिँ बर्मा -म्यान्मार) ।
'जहाँका भए पनि,' दुई दशकदेखि पटायामै बसेर दुई सन्तान समेत हुर्काइसकेका गोकुलले भने, 'पुख्र्याैली थलो भुल्न नसकिने रहेछ ।' पश्चिम नेपालको कुनै पहाडबाट आसाम हुँदै बर्मा पुगेका थिए गोकुलका पूर्वज । बुबाले आसामी बिहे गरे पनि गोकुलको परिवारले नेपाली भाषा, संस्कृति र परिकारको स्वाद कहिल्यै भुलेन । बर्माको मेचिनाबाट काम खोज्दै थाइल्यान्ड पसेका उनले बर्मेली नेपाली नै बिहे गरे, एक छोरा र एक छोरी थाइल्यान्डमै जन्मे पनि आफ्नै रीतिरिवाज सिकाउन बर्मामै पढ्न पठाएका छन् । 'यहाँ हुर्केको सन्तानले हाम्रो आफ्नोपन बचाउन सक्दैनन्,' उनले भने, 'यहाँ त मोज-मस्तीपूर्ण जिन्दगी सिक्ने मात्रै हो ।'
साँझ नपर्दै पर्यटक पछ्याउने नगरबधु र समुद्री किनारमा रोमान्स गर्न आउनेहरूको भीडबाट उनले आफ्नो सन्तानलाई टाढै राख्न चाहेका रहेछन् । उनले यसरी आफ्नोपनको कुरा गरिरहेकै बेला म्यान्मार मोगोकका राजन थापा भने मोबाइल ह्यान्ड्स प|mी गर्दै राजेशपायल राईको गीत बजाइरहेका थिए, 'धेरै पछि भेट भो दर्शन नमस्ते...।' यसपछि उसको मोबाइलमा अञ्जु पन्तको स्वर सुनियो- 'हाँस्नलाई ओठ खोलें आँखाभरि आँसु भयो...।' एकैछिनअघि १ सय ५० भाटमा टन्न दाल, भात, तरकारी, मासु र दही थपीथपी खानेहरूको भीडले छोपिएको टिभी स्त्रिmनमा देखिन थाले, डेउडा गीतको झैं लाग्ने म्युजिक भिडियो ।
डेउडा गीतको म्युजिक भिडियो ?
'हैन हैन,' राजनले भने, 'यो गडवाली गीत हो ।' कुमाउ र गडवालतिर गाइने लोकगीत नेपालकै पश्चिमतिरको डेउडाजस्तै लाग्ने भएकाले उनीहरूले त्यसको म्युजिक भिडियो किनेर ल्याएका रहेछन् । सीता र शान्ति दालभात खाँदै त्यही गीत हेरिरहेका
थिए । थाइल्यान्डमा जति पनि बर्मेली नेपाली छन्, राजनका अनुसार तिनीहरूको मोबाइलमा कम्तीमा पनि एक दर्जन नेपाली गीत भएकै हुन्छन् । 'एल्बम किन्न पाइँदैन क्यारे,' राजनले खाँटी नेपाली लवजमा भने, 'भिडियो पार्लरहरूमा डाउनलोड गर्न पाइन्छ, मोबाइलमा हालेर एकअर्कालाई बाँड्छौं ।'
फिल्मको हकमा पनि उनले यही कुरा सुनाए । हप्तामा कम्तीमा पनि एकपटक उनीहरू नेपाली फिल्म ल्याएर हेर्छन् । 'अस्ति राजेश हमालसँग भेट भयो नि,' फिल्मको कुरा निस्कन साथ गोकुलले झटपट भन्नैपर्ने कुरा छुटेझैं बोले, 'म यहीं तलको सडकछेउ बसिरहेको थिएँ, उताबाट राजेश हमाल आइरहनुभएको रहेछ, मैले च्याप्प हात समाएर सँगै फोटो खिचें ।' यसपछि उनले आफ्नो मोबाइलमा केही महिनाअघि राजेश हमालसँग खिचेको तस्बिर देखाए । अमेरिका जाने क्रममा राजेश थाइल्यान्ड बसेका थिए । 'कपाल काटेको भए पनि मैले हिरोलाई टाढैबाट चिनें,' गोकुल खुसी पोख्दै थिए, 'नेपालीहरू त हिँडेको चालढालबाटै चिनिन्छ ।'
उनले आफ्नो होटलमा नेपाली चिन्ने अर्को तरिका पनि खुलाए, 'प्रायः नेपालीहरू चम्चाले हैन, हातले कपाकप खान्छन् ।' त्यतिन्जेल कोरल बीचबाट घुमेर फर्केका नेपाली टोली बाहिर बजारको रमझम हेर्न निस्किसकेका थिए । 'थपीथपी पनि खान्छन् होला नि हैन ?' प्रश्न सुनेपछि गोकुल खित्का छाडेर हाँसे । राजनको मोबाइलमा चाहिँ अञ्जुकै स्वर बजिरहेको थियो, 'तिम्रो आँखाको कुनै कुनामा मलाई राखिदेऊ...।'

इकान्तिपुर