अनुषा भण्डारीले 'मिस एयर होस्टेज' को ताज पहिरेकी छन् । शनिबार राजधानीमा भएको फाइनलमा म्याग्दीकी १९ वर्षीया सुन्दरीले २५ हजार रुपैयाँ पनि हात पारिन् ।
बुटवलकी १८ वर्षीया तुलसी सिंह ठकुरी फस्ट रनर अप र पोखराकी १९ वर्षीया लता तिलिजा सेकेन्ड रनर अप भए । तुलसीले बेस्ट स्माइल र लताले बेस्ट पर्सनालिटीको टाइटल समेत पाए । उनीहरूले क्रमशः २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । तीनै जनाले स्नातक तहमा एक वर्षको लागि छात्रवृत्ति पनि पाएका छन् । शीर्ष ताजबापत अनुषाले कुनै एक एयरलाइन्समा एयरहोस्टेजको नियुक्ति समेत पाउने आयोजक सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले दाबी गरे ।
प्रतियोगितामा शर्मिला गुरङले बेस्ट फ्रेन्ड्शिप , शोभा केसीले क्याटवाक र ड्रेस, सविता केसीले फोटोजेनिक, चिजा गुरुङले स्किन र सुजाता पुनले बेस्ट हेयरको टाइटल पाए । शर्मिला थापाले मिस पपुलर, अनुषा भण्डारीले भ्युअर्स च्वाइस र शिला शिल्पकारले बेस्ट फिगरको टाइटल जिते ।