न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई……. बोलको गीत लेखेर एकाएक चर्चामा रहेका गीतकार विपिन किरणको विरुद्धमा अहिले एक व्यक्तिले फेसबुक मार्फत पैसा खाएको आरोप लगाउँदै बेइज्जत गरिरहेका छन् । उनले फेसबुकमा बिपिनले आफ्नो पैसा खाएको भन्दै ठगको आरोप समेत लगाएका छन् ।
फेसबुकको आफ्नो स्टाटसमा उनले ‘बिपिन जस्ता ठगहरु काठमाडौंमा बस्नु नै गलत हो, यस्ता ठगसँग सावधान रहनुहोला’ भनेर लेखेका छन् । उनको नाम बविन बियोगी हो र उनी झापा बिर्तामोडमा बस्दै आएका छन् । फेसबुकमा उनले चर्चित गीतकारको बारेमा यस्तो शब्द कोरेपछि हामीले उनीसँग सम्पर्क गर्ने कोशिस गरेका थियौँ । उनले बिपिन र आफ्नो भेट फेसबुक मार्फत नै भएको बताए । भेट भएपछि आफूले बिपिनलाई आफ्नो गीत चेक गरिदिन आग्रह गरेको र बिपिनले एउटा ब्ल्याक बेरी मोवाईल अफर गरेको उनले बताए ।
बिपिन कतारमा रहेको बेला आफूले आफ्नै पैसामा उनलाई मोबाइल पठाइदिएको र फेब्रुरीमा कतारबाट फर्किएपछि भेटेको उनले बताए । उनका अनुसार बिपिनले केहीदिन पर्खन आग्रह गरेका थिए । तर, बिपिनले पैसा नदिएर ठगेको उनको आरोप छ ।
फेसबुक जस्तो सामाजिक सञ्जालमा एकजना चर्चित गीतकारको बारेमा लेख्दा तपाईंलाई मुद्दा पनि त लाग्न सक्छ नि भन्ने हाम्रो प्रश्नमा बविनले भने -’उसले पठाएको २५० वटा एस.एम.एस मसँग छन्, जुन मेरो लागि प्रमाण हो ।’ उनले ३५ हजारको मोबाइलमा ८ महिनासम्म बारम्बार कराउँदा कराउँदा २० हजार दिएको र अझै १५ हजार तिर्न बाँकी रहेको बताए । तपाईंको यो भनाईमा बिपिनले के भन्छन् त भन्ने हाम्रो प्रश्नमा उनले भने -’उसले मलाई चर्चित हुनका लागि गरेको भन्दै आरोप लगाएको छ ।’
यदि बिपिनले बबिनको पैसा नतिरेका नै हुन् भने पनि यो घटनालाई चाँडो भन्दा चाँडो नै मिलाउनु जरुरी छ । बबिनले लाई भने -’उसको र मेरो बीचमा भएको सबै कुराहरुलाई ५ पेज लामो नोट वनाएर सार्वजनिक गर्ने तयारीमा छु ।’ यसबारेमा गीतकार बिपिन किरणले चाँडो भन्दा चाँडो आफ्नो भनाई सार्वजनिक गर्नु नै राम्रो देखिन्छ । किनकी, विश्वव्यापी सञ्जाल फेसबुक मार्फत गरिएको यो बेईज्जतीले बिपिनलाई नै घाटा पर्ने देखिन्छ । हेरौं, यो विषयमा बिपिनले कस्तो धारणा सार्वजनिक गर्ने हुन् ।