Nepali Film

कक्षा ११ को नतिजा सार्वजनिक

उच्च माध्यमिक शिक्षा परिषद्ले बिहीबार राति कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ४० प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

परीक्षामा नियमिततर्फ एक लाख १५ हजार ९ सय ६८ र आंशिकतर्फ ५९ हजार ८ सय ९० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ९९ हजार ७ सय २७ र आंशिकतर्फ १ लाख ४८ हजार ६ सय १६ विद्यार्थी सहभागी थिए ।परिषद्का अनुसार ९ सय ३५ विद्यार्थीको परीक्षा रद्द भएको छ भने ३३ जनाको स्थगित भएको छ । परीक्षा गत जेठ महिनामा भएको थियो ।अघिल्लो वर्ष भने नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
FOR RESULT CLICK HERE



Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News