निर्देशक प्रसन्न पौडेल म्युजिक भिडियोमा चलेको नाम । उनै प्रसन्न पौडेलले वनाएका चलचित्रदेखि म्युजिक भिडियोमा अभिनय गर्नका लागि धेरै नै कलाकारहरु लालयीत पनि हुन्छन् । तर प्रसन्नको क्याम्पमा भने पछिल्लो समय तीन नायिकाको राम्रैसँग प्रवेश भएको पाईन्छ ।
नायिका केकी अधिकारीसँग केही वजारमा चर्चा चलेपनि प्रसन्नका म्युजिक भिडियोदेखि चलचित्रमा तीन नायिका निक्कै नै चलेका देखिएका छन् । सार्वजनिक कार्यक्रमदेखि म्युजिक भिडियोमा तीन नायिकाको वर्चस्व देखिएको छ । यी तीन नायिका हुन्, केकी अधिकारी, वेनिशा हमाल र रिमा विश्वकर्मा ।
सार्वजनिक कार्यक्रममा तीन जनासँगै गए भने प्रसन्नलाई नै खोजेको र सँगै वसेको पाईन्छ । चलचित्र स्वर मार्फत यी तीन जनालाई प्रसन्नले नै नेपाली रजतपटमा भित्राएका थिए । यसपछि, उनले निर्देशन गर्ने म्युजिक भिडियोमा पनि यी तीन जना कै वर्चस्व देखिएको छ । नेपाली सिनेमा भित्र क्याम्प प्रथा खासै नौलो होईन ।
संभवत, निर्देशक प्रसन्न पौडेलको क्याम्प भित्र यी तीन नायिका अहिले वसिरहेका छन् । हेरांै यी तीन नायिका र प्रसन्न विचको यो दोस्ती कहिलेसम्म रहने हो । तर तीन नायिकासँग दोस्ती कस्ने प्रसन्नलाई भने मान्नै पर्छ ।