श्रीलंकामा पछिल्लो ५० वर्षमा पहिलो पटक बौद्ध भिक्षुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । गोमादिए सराना नाम गरेका भिक्षुलाई १२ वर्षअघि एक व्यक्ति हत्यामा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।
उक्त समयमा सराना भिक्षु थिएनन । सराना हाले जघन्य अपराधका लागि अभियुक्त बनाइएका भिक्षुहरुमा एक हुन् । श्रीलंकामा मृत्युदण्डको सजाय सुनाउनु नयाँ कुरा होइन, तर सन् १९७६ पछि कसैलाई पनि फाँसीमा चढाइएको छैन ।