नायिका निशा अधिकारीले फोटो पत्रकारको क्यामेरा खोसेकी छिन् । चलचित्र ‘लुट’को ५१ औं दिन मनाउन आर्मी अफिर्सस क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेकी नाशाले ‘मेरो फोटो खिच्न पाइन्न’ भन्दै फोटो पत्रकार अनुप भट्टराईको क्यामेरा खोसेकी हुन् ।
त्यसक्रममा निशा र अनुपबीच केहीबेर विवाद भएको थियो । निशा र अनुपबीच विवाद चलिरहँदा साहना बज्राचार्य बीचमा आइन र उनले पनि क्यामेरा खोसिन् ।यो विवादसँगै केही तनाब उत्पन्न भएको छ ।