Nepali Film

फेसबुकले दियो चेतावनी - साइट कुनै पनि बेला बन्द हुन् सक्छ

फेसबुकले चेतावनी दिएको छ कि यदि उसको बिरुद्ध चलिरहेको मुद्दा हारेमा उसले बाध्यतावश फेसबुक नेटवर्किंग साइट बन्द गर्न सक्नेछ । विगत केही समयदेखि फेसबुकका बिरुद्ध अनेकौं किसिमका झन्झटिला मुद्दा र आरोपहरु लागेका छन, जसको कानूनी सामना गर्न यो नेटवर्किंग साइटलाई निकै अप्ठेरो हुदै आएको छ ।

सोशल नेटवर्किंग साइट फेसबुकले यस्तो कड़ा संदेश संभावित लगानीकर्ताको लागि तैयार गरेको दस्तावेज़मा शामिल गरेको हो । फेसबुक यो बसन्तमा करीब सय बिलियन डलर सहित शेयर बजारमा उत्रदैछ । फेसबुकले दस्तावेजमा भनेको छ कि याहुसंगको कानूनी कारवाही लगायत उसलाइ लागेका अनेकौं आरोफरुका कारण उसको व्यापार, वित्तीय स्थिति या अपरेशनको परिणाममा महत्वपूर्ण प्रभाव पर्न सक्नेछ । जसलाई झेल्न फेसबुकले उसका केही कार्यक्रम वा सम्पूर्ण सेवा नै बन्द गर्नु पर्ने स्थिति आउन सक्नेछ। यस्तो संकेत गरेर फेसबुकले कम्पनीको सबैभन्दा खराब परिस्थितिको परिकल्पना गरेको विश्लेषकहरुले भनेका छन ।

तर यसको वावजुद अमेरिकी बैंकहरुले फेसबुकको ओवरड्राफ्टको सीमा 2.5 बिलियन डलरबाट बढ़ाएर 5 बिलियन डलर पुर्याइदिएको छ ।

फेसबुकले दियो चेतावनी - साइट कुनै पनि बेला बन्द हुन् सक्छ

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News