बिग बोस-५ मा इन्ट्री गरेर चर्चा बटुलेकी इन्डो क्यानेडिएन पोर्नस्टार सन्नी लियोनले अभिनय गर्ने पहिलो बलिउड फिल्म जिस्म २ को शुटिङ समेत सुरु भएको छैन ।तर पनि महेश भट्टको यो फिल्मले नाम जुर्दाखेरी देखिनै चर्चा बटुलिरहेको छ । कारण यो फिल्ममा ब्लु फिल्मकी नायिका सन्नीले अभिनय गर्दैछिन् ।जिस्म २ को सुटिङ अपि्रलमा सुरु हुने भएपनि यसको चर्चा अहिले निकै बढेको छ । अझ यो फिल्मको एउटा गीत लिक भएपछि फिल्मको चर्चा बढेको हो ।
यसअघि पनि महेश भट्टका फिल्महरुमा मीठो संगीत सुन्न पाइन्थ्यो । त्यसैले जिस्ममा पनि दर्शकहरुले त्यस्तै अपेक्षा गरिरहेका छन् । मीठो संगीतमा सन्नीको कामुक अभिनय मिसिँदा सुनमा सुगन्ध हुने धेरैको बुझाइ छ ।
हालै इन्टरनेट मार्फत लिक भएको जिस्म २ को यो गीतमा सन्नीले कस्तो नृत्य देखाउनेहुन्, त्यो भने हेर्न बाँकी नै छ ।
अहिलेलाई सुनौँ लिक भएको जिस्म २ को यो मीठो गीत

