Nepali Film

सिनेमाकी हिट हिरोइन बन्ने जिया केसीको सपनामा तुषारापात

नेपाली सिनेमाकी हिट हिरोइन बन्ने जिया केसीको सपनामा यसपटक पनि तुषारापात भएको छ । प्लस टुको अध्ययन गर्न छाडेर सिनेमाको रङ्गीन दुनियाँमा छिरेकी जिया कामका कारणले भन्दा पनि निर्देशकहरूसँगको सङ्गतमा कारण चर्चामा आइन् । जिया जुन चलचित्रमा काम गरि्छन् त्यही निर्देशकसँग उनको नाम मुछिने गर्छ । ‘हो यही हो माया’ नामक चलचित्र यो वर्ष पनि रिलिज नहुने भएपछि जिया अहिले भन्न थालेकी छिन्, ‘कस्तो फिल्म खेलिएछ । हिरोइन भएँ भनेर भन्न पनि गाह्रो हुन थालेको छ ।’

यो सिनेमाको रिलिजपछि चलचित्र बजारमा आफ्नो वाह वाह होला भन्ने उनको आशा अब कहिले पूरा हुने हो ? यसै भन्न सकिने अवस्था छैन । कुनै समय अघिल्लो चलचित्रबाट निर्देशक दीपक श्रेष्ठले नायिकाको भूमिकाबाट जियालाई निकालेका थिए तर पछि यी दुईबीच के कुरामा सहमति भयो थाहा भएन पछि फेरि ‘खराब हिरोइन’ भन्ने तिनै दीपकले जियालाई ‘हो यही माया हो’ मा नायिकाको रूपमा खेलाएका थिए । यो चलचित्रको काम त तीन वर्षअगाडि नै सकिएको थियो तर सिनेमा अझै रिलिज नहुँदा जियालाई लाग्न थालेको छ कि कतै आफ्नै फिल्मी क्यारियरमा खिया लाग्ने त होइन ? डरमा छिन् जिया । त्यसो त सिनेमा रिलिज नहुँदा पनि जियाले काम पाउन भने छोडेकी छैनन् । उनी अहिले ‘रुद्राक्ष’ नामक नयाँ चलचित्रको सुटिङमा व्यस्त रहेकी छिन्’ माया गर्नेहरूको कमी छैनन् । सम्बन्ध राम्रो भएपछि काम पाइँदोरहेछ,’ उनले भनिन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News