हुनत, नायक राजेश हमाल अविवाहीत छन् । ५२ बर्षको उमेरमा पनि हमालले विहे गरेका छैनन् । कसैले सोधी हाल्यो भने हमाल भर्खर १८ बर्षको त भईयो भन्दै उत्तर दिन्छन् र हास्छन् । अहिले नै बिहे गरियो भने त बाल विवाहको मुद्दा लाग्छ नी हमालको जवाफ यस्तै हुन्छ । Watch Video here
आफ्नो बिहेको बारेमा एक न एक बहाना बनाईराख्ने यी नायकलाई अब विहेको चासो वढ्दै गएको छ । तर आफ्नो होईन उनका हितैषी मित्र राजेश पायल राईको । राई पनि अविवाहीत नै छन् । यसैले पनि हमाल कसैले विहेको कुरा निकाली हाल्यो भने मलाई भन्दा पनि राई जि लाई केटी खोजीदिनुहोस् भन्दै तर्कन खोज्छन् ।
शुक्रबार एक कार्यक्रममा सँगै भेटिएका राजेश हमाल र राजेश पायलको विहेको कुराकानीमा हमालले यस्तै कुरा गरे । उनले आफ्नो एक नजिककी महिला मित्रलाई राईको लागी एउटा चिटिक्क परेकी केटी खोजीदिनुहोस् भन्दै आग्रह गरे । गायक राई र नायक हमाल निर्देशक उकेश दाहालले थापाथलीमा खोलेको टिपीकल थकाली भान्छा घरको उद्घाटन गर्न पुगेका थिए । निर्देशन पेशासँगसगै उकेशले रेष्टुरेण्ट पेशालाई पनि अगाडि वढाएका हुन् ।
हमालले गरे प्रेमीकाको कुरा
पछिल्ला समयमा प्रेमीकाको वारेमा खुलेरै कुरा गरेका हमालले एक ज्योतीषिसग पनि प्रेमीकाको वारेमा गफ दिन विर्सेनन् । ज्योतीषीले हमाललाई तपाईको कुन्डली हेर्न मन लागेको छ भनेर आग्रह गर्दा हमालले हासे र भने, बल्ल बल्ल एउटी भेट्टाईएको छ, तपाईले ३ वटीसग विहे हुन्छ भन्दिनु भयो भने, मैले कसरी पाल्ने हो ? आफ्नो प्रेमीका छ भनेर आफैले मुख खोलेका यी नायकले ज्यातीषको अगाडि पनि आफ्नै प्रेमीकाको कुरा गरेका हुन् । विराटनगरकी मधु भट्टराईसग प्रेमसम्वन्धमा रहेका नायक हमाल २०१४ मा विहे गर्ने तयारीमा रहेका छन् । २०१२ मै विहे गर्ने सोच वनाए पनि ज्योतीषले नगर्न भनेपछि हमालले विहे को लगन सारेका थिए । तर पनि विहेको बारेमा राजेश भन्छन्, नगरुन्जेलसम्म के हो के हो, गरेपछि हात्ति आयो हात्ति आयो फुस्सा ।