अहिले हलमा चलिरहेको हिन्दी फिल्म स्टुडेन्ट अफ दि इयरको एउटा गीतमा राधालाई सेक्सी भनेको विरोधमा फिल्मका निर्देशक करण जौहर र निर्माता गौरी खान लगायतका व्यक्तिलाई इन्दौरको पलासिया पुलिसमा आपराधिक मुद्दा दर्ता गरिएको छ।
गौरी खान बलिउड स्टार शाहरुख खानकी पत्नी हुन्।
फिल्मको एउटा गीतमा राधालाई सेक्सी भनिएको छ। ओल्ड पलासिया निवासी मनीषा विश्नोईले तल्लो अदालतमा यसविरुद्ध याचिका दायर गरेको थियो।
उनले आफ्नो व्यवसायिक लाभका लागि फिल्मका निर्माता-निर्देशकसहित पूरै टिमले राधा जस्ती धार्मिक प्रतीकलाई सेक्सी भन्दै धार्मिक परम्परा तोड्ने प्रयास गरेको आरोप लगाएका छन्।
उनको याचिकापछि स्थानीय अदालतले पुलिसलाई यस विषयमा रिपोर्ट दर्ता गर्न आदेश दिएको थियो।
त्यसपछि निर्देश करण जौहर, निर्मात्री गौरी खान, गीतकार अन्वेता दत्त, धर्मा प्रोडक्सन, सोनी म्युजिक, संगीतकार विशाल शेखरसहित अन्यको विरोधमा भारतीय दण्ड संहिताको धारा २९५ (अ) अनुसार धार्मिक भावनामा चोट पुर्याएको भन्दै एफआईआर दर्ता गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Watch Video Of Radha Sexy
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Watch Video Of Radha Sexy