Nepali Film

अंगालो मार्दा यसरी बढ्छ स्मरण शक्ति


मानिसले माया दर्शाउनका लागी कसैसँग अङ्गालो मार्ने गर्छन् । अंगालोको बन्धनले मानिसमा आत्मियता तथा मायाको भाव झल्काउँछ । यही मायाको भाव झल्काउने अंगालोले स्वास्थ्यलाई पनि फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ । अंगालोले स्मरण शक्ति बढाउने र तनाव समेत कम गर्ने गर्छ ।

भियना विश्वविद्यालयका अनुसन्धान अनुसार कसैलाई अंगालो मार्दा रगतमा एक हर्मोन आक्सीटोसिनको सञ्चार हुन्छ । यसले उच्च रक्तचापमा कमी ल्याउँछ र तनावलाई कम गर्न मद्धत गर्छ भने यसले स्मरण शक्ति पनि बढाउन मद्धत गर्छ । 

वैज्ञानिकहरूका अनुसार अक्सिटोसिन हर्मोनले नै माता-पिता, बालबच्चा तथा दम्पतीबीच आपसी मायालाई बढाउने काममा मद्धत गर्छ । सक्रिय सम्बन्धमा रहने साथीहरू बीच अक्सिटोसिनको स्तर बढी पाउने गरिन्छ । 
महिलाहरुले बच्चालाई जन्म दिने बेलामा र स्तनपान गराउने बेलामा यो हर्मोनको सञ्चार हुने गर्छ, जसले आमा र बच्चाबीच लगाव बढ्ने गर्छ । आफन्तहरूसँग अंगालो मार्ने मानिसको रूखोपन समेत समाप्त भएर जाने उक्त अध्ययनले देखाएको छ तर अंगालो मार्दा आफूले चिनेको र आफूलाई सहज लाग्ने व्यक्तिसँग मात्र अंगालो मार्नु उपयुक्त हुने नत्र यसले नकरात्मक असर समेत पार्ने गर्छ ।
>Watch Part 2 पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News