चीनका एक १३ वर्षीय बालक अजिङ्गरसग सुत्ने गर्छन् । सुन्दा नै आङ सिरिङ हुने यो कुरा वास्तविक हो । चीनका १३ वर्षीय किशोर अज्हे ७ वर्षीय एक अजिङ्गरसँग सँगै सुत्ने गर्छन् । यो अजिङ्गर ७ वर्षअघि अज्हेकै घरमा जन्मिएको हो । अज्हेका बाबु चान लिउले अजिङ्गरको अण्डा घरमा लिएर आएका थिए र सोही अण्डाबाट उक्त अजिङ्गर जन्मेको हो । अजिङ्गरसँगै खेल्ने गरेका अज्हेले भने,'उनले मलाई निकै माया गरिन्छ र कहिल्यै पनि गाह्रो हुने गरी थिचेकी छैनन् ।'
यस्तैम अज्हेका बाबु चानले आफूलाई अजिङ्जर निकै राम्रो प्राणी लाग्ने बताए । उनले भने, 'म यो विचार गर्न आतुर थिए की यदी मेरो छोरा एक्लै उनको अगाडि भयो भने के गर्छिन् र त्यो विचार गर्न मैले छोरालाई एक्लै पनि छाडे तर उनले मेरो छोरालाई केही पनि गरिनन् । तबदेखी आफूले अजिङ्जरसँगै आफ्नो छोरालाई छाडिदिने गरेको छु ।'
हेरौ अजिङगरसँग बालकका केही तस्विरहरू..