
न्युयोर्क , माघ १९ - आफ्ना प्रयोगकर्ताका लागि दैनिक केही नयाँ ल्याउने संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ । उसले यसअघि जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको छ ।
फेसबुकले 'ब्याङ विद फ्रेन्डस्' मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसन मार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन् । सर्तअनुरूप अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई निरन्तरता दिन पाउने छन् । कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेको हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ । हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकप्रिय भइरहेको छ । यसको प्रयोकर्ताको संख्या ३० हजार पुगेको छ ।
