
तेलुगु चलचित्र ‘सोथम’बाट आफ्नो चलचित्र करिअर सुरु गरेकी नमिता वाकांवाला चर्चित मोडल तथा नायिकाको रुपमा चिनिन्छिन् । उनले सुरुवातमा भने विज्ञापनमा अभिनय गरेकी थिइन् । यसपश्चात उनले साउथ फिल्ममा अभिनय गरेकी छिन् ।उनलाई साउथ फिल्ममा आइटम गर्लको रुपमा पनि चिनिन्छ । उनी सन् २००६ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘लव के चक्कर मे’ मा पनि देखिएकी थिइन् । उनले तेलुगु, तमिल, कन्नड, मलयालम र थुप्रै हिन्दी सिनेमामा अभिनय गरिसकेकी छिन् ।
उनी गुजराती चलचित्र ‘देश रे जोया पर देश जोया मे’ मा सहायक नायिकाको रुपमा अभिनय गरेकी थिइन् । यस्तै उनले बलिउड कलाकार ऋषि कपुरसँग पनि काम गरिसकेकी छिन् । साउथ फिल्ममा चर्चित नायिकाको रुपमा चिनिएकी नमिताको लाखौं फ्यान रहेको बताइएको छ ।

