Nepali Film

चर्चित मोडलको हत्या पछि यौन सम्पर्क


माघ २५- पश्चिमी मुलुकको केहि फिल्म हस्ति एवं मोडलको मृत्यु रहस्यमय अवस्थामा भएको थियो। कतिपय मृत्युका घटना न्यायिक प्रक्रिया मार्फत सुल्झिसकेका छन्, भने कति रहस्यकै गर्भमा छ।  कतिपय चर्चित व्यक्तिको हत्या उनीहरुकै निकटवर्तीद्वारा क्रुर एवं घिनलाग्दो तरिकाले भएको पाइएको छ। यसरी मारिनेमा एक हुन्, डोरोथी रुथ हूग्सट्रेटन। कम उमेरमै प्रशिद्धिको उचाइ चुमेकी यि क्यानेडियन मुलकी मोडलको हत्या २० वर्षको उमेरमा भएको थियो।
डोरथीको जन्म १०६० मा भएको थियो। डोरोथी रुथ हूग्सट्रेटनको जिन्दगी निश्चय नै छोटो थियो। तर, यहि छोटो अवधीमा उनले धेरै कुरा हासिल गरेसकेकी थिइन्। डोरोथीको २० वर्षको उमेरमा १९८० मा मृत्यु भयो। खासमा उनको हत्या भएको थियो। यो हत्या अरु कसैले नभइ उनकै पति पाल स्नाइडरले गरेका थिए। 

१९७७ मा डोरोथी हाई स्कूलको पढाइ गरिरहेकी थिइन्। साथै त्यस समय डेयरी क्वीन नामको एक रेष्टुरेन्टमा पार्ट टाइम काम पनि गरिरहेका थिए। उसै क्रममा उनको भेट, एक एरिया क्लव प्रमोटर एवं दलाल पाल स्नाइडर सँग भयो। त्यहीवाट यि दुईको प्रेम सम्वन्ध गाँसियो। पछि स्नाइडरले डोरोथीको केहि न्युड फोटो खिचे र प्लेब्वाइ म्यागजिनमा पठाइदिए। 

१९७९ मा डोरेथी र पाल लस भेगास गए। डोरोथीले आफ्नो सरनेम छोटो गरेर शेरेटन राखे। यहि नामले उनलाई चिनिन थाल्यो। यसै क्रममा उनी प्लेब्वाइको मिस अगस्ट वनिन र सेन्चुरी सिटी प्लेब्वाइ क्लवमा प्लेब्वाइ बन्नी (क्लबको वेटर) को रुपमा काम गर्न थालिन्। डोरोथीले टेलिभिजन शो बक रोजर्स र फेन्टसी आइजल्यान्डमा पनि रोल गरे। १९७९ मा अमेरिकामा वनेको कमिक फिल्म स्केट टाउन यूएसएमा पनि प्रस्तुती दिइन्। १९८० मा डोरोथी प्लेब्वाइ म्यागजिनका प्लेमेट अफ द ईयर (प्लेब्वाइ म्यागजिनको मोडल) वनिन्। डोरेथीले १९८० मा एक साइन्स फिक्सन फिल्म गैलेक्सिानामा मुख्य भूमिका निर्वाह गरिन्। यसैवीच उनको अफेयर पीटर बाँग्डेनो विकसँग चल्यो, जो ‘दे अल लाफ्ड’ भन्ने फिल्म वनाइरहेका थिए। यो डोरोथीको पहिलो र अन्तिम ठूलो फिल्म थियो। पालले डोरोथीको कुकुरलाई विष दिएर मारे। डोरोथीप्रतिको रिस पोख्न यसो गरिएको थियो। त्यसपछि उनीहरुको सम्वन्ध अझ विग्रदै गयो। तर, यसवेला सम्म सम्वन्ध विच्छेद भइसकेको थिएन। 

पालले डोरोथीको जासुस गर्न थाले। र, १९८० मा डोरोथीको हत्या गरिदिए। पालले पहिला त डोरोथीको टाउकोमा गोली हाने। जव डोरोथी ढलिन्, त्यसपछि पाल उनको निर्जीव शरीरसँग खेल्न थाले। यो जघन्य अपराध गरिसकेपछि उनी स्वंमले पनि आत्महत्य गरे। यहि घटनामा आधारित दुइ फिल्म वनेको छ। पहिलो १९८१ म ‘डेथ अफ ए सेन्टरफोल्डः द डोरोथी स्ट्राटेन स्टोरी’ र दोस्रो चाहि १९८३ मा ‘स्टार ८०’। - (एजेन्सी)
पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News