Nepali Film

रेस्टुरेन्ट बारका नर्तकी हिरोइन बनेपछि ..भिडियो


माघ २९ -  नेपाली सिनेवृत्तमा अभिनय क्षमता, अध्ययन र कलाप्रतिको लगावले भन्दा पनि निर्माता, निर्देशकलाई 'रिझाएर' हिरो, हिरोइन हुने क्रम बढिरहेको छ। त्यसमा पनि हिरोइनहरू अझ अगाडि देखिएका छन्। कतिसम्म भने डान्स बारहरूका नर्तकी समेत धमाधम हिरोइन हुन थालेका छन्। जसले गर्दा चलचित्र क्षेत्रप्रतिको आमसोचाइ अझ नकारात्मक हुँदै गएको छ। यद्यपि क्षमता छ भने जुन पृष्ठभूमिबाट आएको भए पनि त्यसले कुनै असर पुर्‍याउँदैन। नतर्की नै भए पनि आफूलाई निर्खादै लाने हो भने सफल हुन गाह्रो छैन। तर बार डान्सरबाट सिनेमाको रंगीन संसारमा प्रवेश गर्नेको सूची निकै लामो भए पनि कोही पनि सफल भएको देखिँदैन। क्षणिक चर्चा बटुले पनि आफूलाई स्थापित गर्नबाट सबै चुकेका छन्। उषा पौडेलदेखि शुभेच्छा थापा, प्रिया रिजालहुँदै सीमा केसी सम्म कुनै नर्तकी पनि सिनेमामा सफल हुन सकेका छैनन्।

 महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमरकृति मुनामदनलाई चलचित्रको पर्दामा उतार्दा 'मुना'की भूमिकामा देखाएकी नायिका उषा पौडेल पनि दरबार मार्गको शो प्यालेस रेस्टुरेन्टमा कम्मर मर्काएर नाच्ने गर्थिन्। चलचित्र क्षेत्रमा प्रवेश गरेको लामो समयसम्म पनि उषाले रेस्टुरेन्टमा नाच्न छाडेकी थिइनन्। तर आजकल उनी मुम्बईमा छिन्। नेपाली चलचित्रमा जम्न नसकेपछि करिब तीन वर्ष अगाडि मुम्बई हानिएकी उषा अहिले हिन्दी धारावाहिक शृंखलामा व्यस्त छिन्। डान्सबारको नर्तकीबाट नायिका बनेकाहरूमध्ये तुलानात्मक रूपमा उषा सफल भएको देखिन्छ। यद्यपि उनले पनि नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन भने सकिनन्।

नायिका प्रिया रिजाल पनि रेस्टुरेन्टकै नर्तकी हुन्। नृत्य कलामा पोख्त भए पनि उनी चलचित्र क्षेत्रमा क्षेत्रमा सफल हुन सकिनन्। उनले मोडलिङ गरेका केही म्युजिक भिडियो लोकप्रिय भए पनि उनी अभिनीत कुनै चलचित्र सफल भएको छैन। 'आफ्नो कला जहाँ देखाए पनि हुन्छ', उनी गर्वका साथ भन्छिन्। उनी अहिले पनि डान्स बारमा नाच्ने गर्छिन्। चलचित्रमा नायिका भएपछि डान्सबारमा उनको भाउ ह्वात्तै बढेको बताइन्छ। उनी 'कुमारी आमा' हुन् अर्थात् अविवाहित भए पनि उनीसँग सात वर्षको छोरो छ। डान्स बारमा नाच्नुका अलवा उनी दुवई, कतारलगायतका मुलुकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न कलाकारको टोली लिएर जान्छिन्। तर फिल्म क्षेत्रबाट भने गुमनामजस्तै भइसकेकी छिन्।

नरेश पौडेलले निर्देशन गरेको चलचित्र 'हिरो'बाट नेपाली रजतपटमा डेब्यु गरेकी पूजना प्रधान पनि कुनै बेला दरबारमार्गको बाजुकी रेस्टुरेन्टमा कम्मर मर्काइमर्काइ अर्धनग्न नृत्य गर्थिन्। रेस्टुरेन्टका नियमित ग्राहक पौडेल पूजनाको नाचबाट लठि्ठएपछि उनलाई हिरोइन बनाएका थिए। तर सोही चलचित्रबाट डेब्यु गरेकी अर्की नायिका रेखा थापा नम्बर वान हिरोइन भइसक्दा पूजना भने हिरोइनको 'र्‍याङकिङ'मा समेत पर्दिनन्। चलचित्र उद्योगबाट लगभग गुमनाम भइसकेकी पूजना अहिले चलचित्र 'रक्षा'मा दिएको उत्तेजक र अश्लील दृश्यको कारण विवादमा परेकी छिन्। झन् 'दर्शकले मेरो नांगो शरीर हेर्न चाहन्छन्। नदेखाएर के गरुँ' भनेर अखबारमा अन्तर्वार्ता दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उसै त रेस्टुरेन्टबाट आएकी हुनाले उनीप्रति धेरैको नकारात्मक दृष्टिकोण थियो, त्यसमाथि लाज पचाएर अश्लील दृश्य दिएपछि उनी थप आलोचनाकी सिकार भएकी छिन्। यसबाट पनि उनको करियर अन्धकारतिर धकेलिएको प्रतीत भएको छ। 

अहिले थेरथोर चर्चा बटुलेकी नायिका शुभेच्छा थापा पनि रेस्टुरेस्टबाटै आएकी हुन् भन्ने यथार्थ कमैलाई मात्र थाहा होला। नयाँ बानेश्वरस्थित रक रेस्टुरेन्ट एन्ड डान्समा नृत्य गर्ने शुभेच्छा तिम्सिनाले सोही रेस्टुरेन्ट मालिक अनिल थापासँग विवाह गरेपछि शुभेच्छा थापा भएकी हुन्। विवाहपश्चात् भने उनले रेस्टुरेन्टमा नाच्छ छाडेकी थिइन्। अरू निर्माताले नलिएपछि उनी आफैंले 'को हुँ म' नामक फिल्म बनाएर आफैं हिरोइन बनेकी थिइन्। तर फिल्म पूर्ण असफल भएपछि उनी गुमनामजस्तै बनेकी छिन्।
  
सयौ लोकदोहोरी गीतमा मोडलिङ गरेकी रञ्जिता गुरुङ पनि कुनै समयमा लोकदोहोरी साँझमा नाच्ने सञ्चिता दोहोरी साँझहरू नाच्न निकै हिट पनि थिइन् तर पछि लोकगीतमा मोडलिङ गर्न थालेपछि भने उनले डान्सबारहरूमा नाच्न छोडेको बताइन्छ। 'गोर्खा पल्टन' चलचित्रमा प्रशान्त तामाङको जोडीको रूपमा अभिनय गर्ने मौका पाए पनि उनको करियरले नयाँ उचाइ लिएन। आजकल उनी घरगृहस्थी सम्हालेर बसिरहेकी छिन्। 

'पलपलमा', 'चन्द्रावती', 'किनकिन' जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी नायिका शशी खड्काले पनि सिने क्षेत्रमा प्रवेश गर्नुअघि डान्सबारहरूमा नाच्ने गर्थिन्। म्युजिक भिडियोमा पनि रुचाइएकी शशी बागबजार क्षेत्रका बार तथा रेस्टुरेन्टहरूमा काम गर्ने बताइन्छ। नेपाली चलचित्रमा सोचेजस्तो प्रगति गर्न नसकेपछि उनी पनि उषा पौडेलेको सिको गर्दै डेढ वर्ष अगाडि मुम्बई पसेकी छिन्। मुम्बईमा धारावाहिक टेलिशृंखलामा अभिनय गर्न संघर्ष गरिरहेको उनका नजीकका साथीहरू बताउँछन्। 

त्यस्तै, लोकदोहोरी गीतकी अर्की हिट मोडल सम्झना बुढाथोकी पनि बार डान्सरबाटै मोडल बनेकी हुन्। म्युजिक भिडियो निर्देशक तथा नायक शंकर बीसीले उनलाई भिडियोमा चान्स दिएका थिए। शंकरकै कारण उनी लोकदोहोरी गीतकी सर्वाधिक लोकप्रिय मोडल पनि भइन्। बागबजारमा डान्स कल्चर सञ्चालन गरिन्। पछि शंकर र सम्झनाबीचको रोमान्सको हल्ला पनि चलेको थियो। चर्चा पाउन 'हरेक आसनमा यौनसम्पर्क गरेकी छु' अखबारमा अन्तर्वार्ता छपाउने सम्झनाकै कारण शंकरको परिवार बिग्रेको आरोप पनि लाग्यो। लोकदोहोरी गीतका अलवा 'बेरोजगार' चलचित्रमा पनि अभिनय गरेकी सम्झनाको 'मार्केट' अहिले निकै घटेको बताइन्छ। उनी मौका मिलेको खण्डमा अहिले पनि डान्स बारमा नाच्न पछि पर्दिनन्।

त्यस्तै, सीमा केसी नामधारी नवनायिका पनि रेस्टुरेष्टमा नाच्दानाच्दै चलचित्रमा हिरोइन भएकी थिइन्। असफल निर्देशकको सूचीमा पर्ने बाबु बलामीले उनलाई 'जंगल लभ'बाट चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। बाबुले निर्देशन गरेको पछिल्लो चलचित्र 'युज'मा पनि सीमाले नै मुख्य भूमिका निर्वाह गरेकी छिन्। सीमाले अहिलेसम्म बाबुको बाहेक अन्य चलचित्रमा अवसर पाएकी छैनन्। बाबु र सीमाबीचको हिमचिम असाध्यै बढेपछि उनीहरूबीचको सम्बन्धले निकै चर्चा पाएको छ। तर बाबुसँग नाम जोडिएर चर्चा भए पनि अभिनयबाट उनले चर्चा बटुल्न सकेकी छैनन्। 
- (२०६९ माघ २८ गते प्रकाशित देशान्तर शाप्ताहिक बाट सभार गरिएको ) 

ल भिडियो हेर्नुहोस कस्तो छ 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News