कार्यक्रम थियो, निमा रुम्बाको कन्र्सटको वारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । पत्रकार सम्मेलन दिनको ठिक १२ वजेर ३० मिनेटका लागि आयोजना गरीएको थियो र पत्रकारहरुलाई पनि त्यही अनुसार वोलाईएको थियो । तर, कार्यक्रम १ वजेर ३० मिनेटसम्म पनि सुरु भएन । यसको मुख्य कारण थिए, निमा रुम्वा । निमा रुम्वा यो समयसम्म पनि कार्यक्रम आयोजना गरीएको स्थलमा आईपुगेनन् । उनले वारम्वार आयोजकसँग ५ मिनेटमा आउँछु भन्दै दशपटक जति ढाँटे तर आएनन् ।
निमा रुम्बा आफ्नै कन्र्सट त्यो पनि आफ्नो जन्मभुमि सुवर्णपुरमा हुन लागेको कार्यक्रमको पत्रकार सम्मेलनमा ढिला किन आए त ? निमाले एकजना आफ्ना निकटका गायकलाई फोन गरी, ढिला हुनुको कारण खुलाए- मैले त मसक्कै विर्सेछु । कार्यक्रम आज छ भन्ने विर्सेर क्या वोर भयो ।’ कार्यक्रम विर्सेर ढिलो आउने अनि ५ मिनेट भन्दै पत्रकारलाई कुराउने निमाको वानी पनि अचम्मकै रहेछ । नेपाल तामाङ धोदुङले पर्साको सुवर्णपुरमा आयोजना गर्न लागेको सुवर्णपुर ल्होछार महोत्सव तथा वृहत्त सांकृतिक कार्यक्रममा उनका साथमा केही चर्चित गायकहरुले आफ्नो प्रस्तुती राख्ने वताईएको छ ।
यो कार्यक्रममा गायकहरु भरत सिटौला, अविनाश घिसिङ, विशाल काल्तान, कर्म रुम्बा, रामबावु योञ्जनको पनि प्रस्तुती रहेनछ । निमा रुम्बाको जन्मस्थान नै सुवर्णपुर हो । यसकारण पनि हुनसक्छ, कार्यक्रममा उनी आउनुपर्ने थियो । तर, कार्यक्रम नै विर्सने निमाको वानीले आयोजक र पत्रकारलाई पार्नु हैरानी पार्यो ।
![]()





