Nepali Film

कण्डमको कहानी


नेपाली जनजिब्रोमा ढाल भनेर चिनिने कण्डम आधुनिक गर्भनिरोधक साधन होला भनेर तपाइँलाई लागेको छ भने तपाइँ गलत हुनुहुन्छ । कण्डम अहिलेको विकशित चिकित्सापद्धतिको देन होइन यसको इतिहास हजारौँ वर्ष पूरानो छ ।

इशापूर्व १३ सय ५० देखिको मिश्रको सभ्यताका बेलादेखि नै मानिसहरुले कण्डम प्रयोग गर्ने गरेको इतिहासले देखाउँछ ।

मिश्रवासीहरुले झण्डै साढे ३ हजार वर्ष पहिले यौनरोगबाट बच्नका लागि कण्डमको प्रयोग गर्थे । तर त्यतिबेला गर्भ रहन नदिन भने कण्डमको प्रयोग हुँदैनथ्यो ।

यस्तै सन् १०० देखि २०० सम्मका दक्षिणी प|mान्सका गुफाका ढोकाहरुमा खिचिएका पौराणिक चित्रकलामा समेत कण्डमका चित्र पाइएको छ ।

कण्डमको नाम कसरी रह्यो ?

कण्डमको नामाकरणको बारेमा केही किम्बदन्तीहरु प्रचलनमा छन् । भनिन्छ कण्डम भन्ने नाम बेलायती राजा चाल्र्स द्धितियका समयमा रहेका डाक्टर कन्डान तथा कर्णेल कण्डमको नामबाट सुरु भएको हो । कसैको भनाइमा कण्डम शव्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ माटोको भाँडो भन्ने हुन्छ । कसैकसैले भने यो शव्द फारसी भाषाको कोन्डू वा केंडू बाट आएको बताउँछन् ।

अचम्मका कण्डम

अठारौँ शताब्दीमा जनावरकोे आन्ध्राबाट बनेका कण्डम समेत प्रचलनमा आएका थिए । तर धेरै महंगा भएकाले सर्वसाधारणले त्यसको प्रयोग नगर्दा ती लोप हुन पुगे ।

कण्डमलाई फर्केर हेर्दा

इशापूर्व १ हजार वर्षभन्दा अघि

सबैभन्दा पहिले कण्डमको प्रयोग मिश्रवासीहरुले गरेको विश्वास गरिन्छ । उनीहरुले कपडाबाट बनेका कण्डमको प्रयोग गर्थे ।

सन् १०० देखि २०० सम्म

मिश्रबाट सुरु भएको कण्डमको उपयोग यो समयसम्म युरोपमा पुगिसकेको थियो ।

सन् १५००

यसअघि एउटा रेशादार कपडाबाट कण्डम बनाइने गरिएकोमा सोह्रौँ सताब्दीमा गेब्रील फेलोपिअस नामका व्यक्तिले नयाँ प्रकारले कण्डमको निर्माण गरे । उनले कपडाको रेशामा रसायन मिलाएर नयाँ कण्डम बनाए । उक्त कण्डम केबल यौन रोगबाट बच्नको लागि मात्र होइन गर्भनिरोधक पनि थियो ।

सन् १७००

चाल्र्स द्धितियको शासनकालमा जनावरका आन्ध्राबाट बनेका कण्डमको प्रचलन सुरु भयो । राजाले आफुले चाहेका सुन्दरीहरुसँग जथाभावी गर्ने यौन सम्पर्कका कारण धेरै अवैध सन्तान जन्मिने गरेपछि त्यसलाई रोक्न यस्ता कण्डमको उत्पादन भएको हो ।

सन् १८००

यो अवधिमा युरोप र अमेरिकामा आधुनिक कण्डमको उत्पादन सुरु भयो । मुलायम रबरबाट कण्डम उत्पादन सुरु भयो । सन् १८६१ मा अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले पहिलोपटक कण्डमको प्रचारप्रसारका लागि एक विज्ञापन समेत प्रकाशित गर्यो ।

सन् १९००

यसभन्दा अघि सबै प्रकारका कण्डम हातले नै तयार पारिन्थ्यो जसका कारण कण्डमको गुणस्तर न्युन हुन्थ्यो । सन् १०१९ मा अमेरिकाका प|mेडेरिक किलिआनले प्राकृतिक रबर लेटेक्स तयार पारे । सन् १९५७ मा बेलायतको ड्युरेक्स कम्पनीले पहिलोपटक लुबि्रकेटेड कण्डम तयार पार्यो ।

वर्तमान स्थिति

अहिले कण्डम गर्भनिरोध तथा यौनसुरक्षाको लागि निकै प्रचलित साधन बनेको छ । थरीथरीका कण्डम बजारमा छन् । पुरुषका लागि मात्र नभएर महिला कण्डम पनि बनिसकेका छन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News