Nepali Film

नायिका जीया के.सीको जिन्दगी सेक्सका कारण सखाप With Video


नायिका जीया के.सीको जिन्दगी सेक्सका कारण सखाप भएको छ । आफ्नो श्रीमानसँग सेक्समा सन्तुष्ट नपाएपछि बाहिरी पुरुषसँग सम्वन्ध राखेकी जीयाको जिन्दगी बर्बाद भएको हो । तर उनको जिन्दगी बास्तविक जीवनमा नभई एक चलचित्रको पर्दामा बर्बाद भएको हो ।

 पछिल्लो समय उत्तेजक दृश्य र सेक्सका बिषयमा आधारित रहेर तयार पारिएका चलचित्रमा जमिरहेकी जीयाले फेरी अर्को यस्तै बिषयबस्तुमा केन्दि्रत सिनेमामा अभिनय गरिरहेकी छिन् । जीके शर्माको निर्माणमा हाल धमाधम छायांकन भइरहेको चलचत्रि ‘बर्बाद’मा जीयाले थुप्रै उत्तेजक दृश्य दिनेछिन् । ‘बर्बाद’को पोखरामा नै शुभमुहुर्त गरी छायांकन प्रारम्भ गरिएको छ । रिम बिश्वकर्माको निर्देशनमा छायांकन भइरहेको यो चलचित्रमा जीके शर्मा र नव नायक गणेश गिरीको मुख्य भुमिको छ ।


पैसाको पछि दौडने व्यापारीको श्रीमती को रुपमा काम गरिरहेकी जियाले आफ्नो भूमिकाको कुरा गर्दै भनिन्, ‘श्रीमान पैसाको पछि दौडिएर समय दिन नसकेपछि सेक्सले भोकाएकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्ध नै चलचित्रको मुख्य कथा हो ।’ चलचित्रमा आफु व्यापारीको श्रीमतीको भुमिकामा देखिन लागेको उनको भनाई छ । चलचित्रको अधिकांश छायांकन पोखरामा नै गरिनेछ । दिपक शर्माको संगीतमा तयार भएका २ गीतको छायांकनका लागि नवलपरासी जाने योजना निर्माणपक्षको छ । यसअघि चलचित्र एटीएममा दिएको दृश्यका कारण नायिका जीया के.सी आलोचना र चर्चाको शिखरमा छिन् । (अनलाइनखबर डट कम बाट साभार गरिएको)

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News