दक्षिण पश्चिम जर्मनीको एक प्रहरी चौकीमा जब एक हतास तथा लाजले रातोपिरो भएको पुरुष आत्तिँदै आइपुग्यो तब त्यहाँका पुलिस अचम्ममा परे । सुरुमा त उनीहरुले त्यो पुरुषलाई खासै ध्यान दिएनन् तर जब उसले आफ्नो व्यथा सुनायो तब पुलिसहरुलाई पनि अलिअलि दया मिश्रति हाँसो जाग्यो । साँच्ची ….लाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो त्यहाँका पुलिसहरुलाई ।
श्रीमतीकै डरले आफू एक वर्षदेखि एक्लै सोफामा सुत्ने गरेको बताउँदै उनले श्रीमती सोफामै आएर आफूलाई सेक्सका लागि बाध्य पार्ने गरेकी गुनासो गरे ।
प्रहरीले ती पुरुषलाई आफुहरुले केही गर्न नसक्ने जवाफ फर्काएर सम्झाइ बुझाई गरे । अन्त्यमा ती पुरुषले सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् ।