Nepali Film

नेपालकै अग्ली महिला उर्मिलाकुमारीलाइ हेर्नेको भीड

 सिराहाको ढोरना-३ की उर्मिलाकुमारीलाई हेर्न मंगलबार भक्तपुरको लोकन्थलीस्थित मितेरी अस्पतालमा सर्वसाधानको भिड लागेको थियो । उनलाई देख्नेहरु सवैले छक्क पर्दै उनको उचाई देखेर अचम्म परेको बताए । उपचारका लागि भक्तपुर आएकी चौधरीको उचाई ७ फिट २ इन्च रहेको छ ।

उनको बजन १ सय १५ किलो छ । 

उचाईले गर्दा घरमा सीधा भएर उभिन गाह्रो पर्ने बताउँदै उनले सार्वजनिक सवारीका साधनमा आवत जावत गर्नसमेत अफ्ठेरो हुने गरेको बताईन् । सञ्चार माध्यमबाट टाढा रहेका कारण आफ्नो प्रचार प्रसार नभएको भन्दै चौधरीले टाउकोमा पलाएको ट्युमरका कारण शरीर यसरी बढेको बताईन् । सानैमा पनि शारीरिक बृद्धिदर तिब्र भएपनि १८ बर्ष पुगेपछि उनको शरीर एक्कासी धेरै बढेको र चेकजाँच गर्दा टाउकोमा ट्युमर भएको पत्ता लागेको उनले जानकारी दिएकी छन् । 

नियमित उपचार पछि चौधरीको अवस्था सामान्य बन्दै गएको छ ।
Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News