Nepali Film

श्रीदेवीः छोरी भन्दा आमा राम्री !


एजेन्सी, माघ १६ । बलिउडकी ९० की दशककी चर्चित अभिनेत्री श्रीदेवीको सुन्दरता अझै पनि उस्तै छ । त्यस्तै लाग्छ, यो फोटो हेर्दा । भारतका फेसन फोटोग्राफर डब्बु रतनानीले ‘पिपुल’ नामक पत्रिकाका लागि श्रीदेवीका दुवै छोरीहरु खुशी र जान्हवीका साथमा एक फोटोसुट गराएका छन् । 

श्रीदेवीले आफ्ना २ छोरीहरुका साथमा पत्रिकाको लागि फोटोसुट गराएको यो पहिलो पटक भएको जनाइएको छ । श्रीदेवी कयौं कार्यक्रमहरुमा आफ्ना छोरीहरुका साथमा देखिईसकेको फोटोहरु बाहिर यसअघि नै आईसकेका हुन् । 

तर, पत्रिकाका लागि फोटोसुट नै गराएको भने यो पहिलो पटक भएको जनाइएको हो । छोरीहरुका साथमा श्रीदेवी निकै सुन्दर देखिएकी छिन् । छोरीका साथमा श्रीदेवीको यो फोटो हेर्दा लाग्दैन कि उनी ४९ वर्षकी हुन् । 

चर्चित अभिनेत्री श्रीदेवीले लामो समयपछि वर्ष सन् २०१२ मा फिल्म ‘इंग्लिस भिग्ंिलस’बाट बलिउडमा पुनरागमन गरेकी थिइन् । 
Watch Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News