वियतनामको प्रमुख पर्यटक स्थलमा उड़ानको दौरान एक निजी विमान कम्पनीले यात्रुको स्वागत गर्न पांच बिकनी सुंदरीको नृत्य प्रस्तुत गरे । उक्त विमान कम्पनीले यस्तो कार्य गराउदा हवाई नियमको उल्लङ्घन भएको भन्दै जरिवाना समेत लगाइएको छ ।
यात्रुहरुका लागि यो आश्चर्यचकित पार्ने किसिमको अनुभव थियो । केही यात्रुले यसको भिडियो बनाए र वेब साइटमा पोस्ट गरे । त्यस पश्चात देशमा विमान परिचारिकाहरुको भूमिका र उनिहारुलाई गराइएको नृत्यका सम्बन्धमा विवाद सिर्जना भयो । फलस्वरूप यस्तो कार्य गलत भएको भन्दै सो विमान कम्पनीमाथि ९५६६११ डलरको आर्थिक जरिवाना लगाइएको थियो । उता विमान कम्पनीले सफाई दिदै छुट्टी मनाउने मुडमा निस्किएका पर्यटकलाई केवल स्वागत र मनोरंजनका लागि नृत्य पेश गरेको भन्दै आफुले जरिवाना नतिर्ने बताए । अन्त्यमा कम्पनीले बिकिनी शोको पुर्व जानकारी नगराएकोमा १००० डलर जरिवाना तिरेको थियो ।
हेर्नुहोस एअर होस्टेजको बिकिनी डान्स :