Nepali Film

पत्नी पीडितको व्यथा


नवलपरासी, माघ ५ - यहांका एक पुरुषले आफु महिलाद्धारा  हिंसामा परेको भएको जिकिर गरेका छन् । ३ बर्ष अघि बैदेशिक रोजगारमा गएका अमरौट ६ का शिव प्रसाद चौधले आफुले कमाएको पैसा श्रीमती सावित्रि देवीले हिनामिना गर्दै दोश्रो विवाह गरेको पीडा बताए । उनले उल्टै अंश मुद्धा हालेर आफु माथि हिसा भएको जिकिर सहित जिल्ला अदालतमा प्रतिउत्तर पेश गरेका हुन् ।

असारमा सावित्रिले मन १ का श्यामा चौधसंग विवाह गरेर गएको र अहिले दुबै जना विदेशमा रहेको जनाउदै उनले वारिस मार्फत आफु माथि अंश मुदा दिइएर मानसिक तनाव दिइएको जनाए । उनले श्रीमतीको हर्कतबाट आफुलाई हिंसा भएको गुनासो गरे । तिन सन्तानकी आमा सावित्रिले देवगाव ९ बस्ने सुदामा चमार मार्फत विदेशमा बसेर जिल्ला अदालतमा आफ्ना पहिलाको श्रीमान माथि अंश मुदा गरेको उनले बताए । तिन बर्ष सम्म विदेशमा कमाएको करिब दुई लाख नगद र हजारौ मुल्यको गरगहना लिएर घरबाट भागि आर्को विवाह गरेर बस्दै आएकी सावित्रिलाई अदालतमै उपस्थित गराउन उनले जिकिर समेत गरेका छन् ।
Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News