Nepali Film

अहिलेसम्म हेरेकी छैन, अश्लिल चलचित्र: नायीका ऋचा शर्मा-भिडियो सहित

नायीका ऋचा सिंह ठकुरी नेपाली रजतपटमा छाएको नाम हो । मोडलिङ तथा सिनेमामा समेत आफ्नो नाम कमाइसकेकी नायीका ऋचा चितवनमा जन्मिएकी र हेटौडामा आफ्नो बाल्यकाल बिताएकी नायीका हुन् । विगत ३ वर्षदेखी चलचित्र क्षेत्रमा आफ्नो अभीनय कला देखाउन सफल भइसकेकी नायीका ऋचाले अहिलेसम्म करिब ३ दर्जनभन्दा बढी चलचित्रमा अभीनय गरिसकेकी छिन् ।

चलचित्र नाई नभन्नु ल..बाट चर्चाको शिखरमा पुगेकी नायीका ऋचा अहिले भने फुर्सदमा छिन् । ग्यामर तथा भल्गर सिन दिन नमानेकोले त चलचित्र नपाएको हो की भन्ने प्रश्नमा उनले आफूले त्यस्ता सिन नदिएर नभइ आफूले छानेर मात्र चलचित्रमा खेल्ने हुनाले अहिले त्यस्ता राम्रा चलचित्र हात नलागेको बताउँछिन् । फिल्म क्षेत्रमा लागेपछी आफूले एक पैसा पनि मम्मीसँग नमागेको बताउँने उनले बिवाह भने २-३ वर्षपछी मात्रै गर्ने बताउँछिन् । नेपाली समाजलाई पच्ने खालमा चलचित्र मात्र दिने बताएकी उनले अहिलेसम्म अश्लिल चलचित्र नहरेको दावी पनि गरेकी छिन् । यीनै नायीका ऋचासँग हाम्रा सहकर्मी रंग पत्रकार रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश:

आजकाल के मा व्यस्त हुनुहुन्छ ?
- त्यतीकै खाली छु । केही चलचित्रको डविङ बाहेक त्यस्तो नयाँ ताजा केही छैन मेरो खबर ।
कुन चलचित्रबाट आफूलाई चिनाउनुहुन्छ ?
- नाई नभन्नु ल...।

पछिल्लो समय पर्दाबाट केही व्याक भएको जस्तो छ नी ?
- कहाँ व्याक हुनु, मलाई त त्यस्तो लाग्दैन है । मैले चलचित्रमा खेल्ने अफर आयो भन्दैमा त्यत्तिकै चलचित्र खेल्दिननी त त्यसो भएकोले पनि हुन सक्छ । मलाई दर्शकहरुले त्यसो भन्नुभएको हो भने उहाँहरूलाई के भन्छु भने म चाडै तपाईहरुको माझमा आउदैँछु है  ।

अश्लिन दृश्य दिन नसक्नुभएकोले त हैननी ?
- नाई नाई । मैले त बरु फिल्मनै खेल्दीन तर त्यस्ता दृश्य दिदैँ दिदिन । मलाई मन नै पर्दैन त किन दिनु भन्या । तपाईले भन्न खोज्नुभएको जस्तो अश्लिन दृश्य र सवांद तर पनि मैले त्यस्ता दृश्य दिदीन भनेर फिल्मबाट व्याक भएको हैन है । मैले छानेर मात्रै फिल्म खेल्ने भएकोले गर्दा पनि त्यस्तो भएको हुन सक्छ ।

अभिनय क्षेत्रमा कस्तो देख्नुहुन्छ भविष्य ?
- राम्रै छ । जो मान्छे मेहेनत र पुरै समय दिएर काम गरेको हुन्छ कमाई राम्रै छ । मेरो राम्रै भएको छ, एकरुपैयाँ पनि मम्मीसँग मागेकी छैन क्यारे ।

नायीकाहरू निर्देशकवाट बढी पिडीत हुन्छन रे नी ?
- निर्देशक मात्रै हैन जुनै पनि क्षेत्रका केटाहरू केटीहरूलाई शोषण गर्न त खोजीरहेकै हुन्छन् तर पनि मैले यो क्षेत्रमा त्यस्तो भोगेकी छैन त्यो भएकाले पनि मलाई त्यस्तो लाग्या छैन । मैले देखेको र भोगेकोमा बाहेक सुनेकोमा कहिल्यै विश्वास गर्दीन । यो कुरा सहि हुन पनि सक्छ गलत पनि ।

अभिनयबाट अहिलेसम्म कत्ति कमाउनुभयो होला ?
- नभनौ है । मैले पहिला पनि भनेनी त यो क्षेत्रमा लागेपछि मम्मीसँग मागेकी छैन, मेरो आफ्नो लाईफ राम्रै चलाएकी छु । बरु कहिलेकाही मम्मीलाई दिन्छु पनि ।

बिवाह चाहि कहिले गर्ने हो ?
- एक दुईवर्षमा नगरौ भन्ने विचार छ, त्यसपछि चाही हुन सक्छ । हाहाहा....।
एकदुईवर्ष सम्म कसैले कुर्न भनेर त हैन ?
- हैन हैन, मेरो त्यस्तो मान्छेनै छैन । त्यतीबेला सम्म बिवाह नगर्ने सोच बनाएकी छु मात्रै ।

प्रेम पछि बिहे कि बिहेपछि प्रेम ?
- मिक्स । पहिला बिहे गरौँ । त्यसपछि एकदुई वर्ष चिन्ननै लाग्छ त्यसपछि मज्जाले चल्छ लाईफ । हाहाहा ...।
Watch Video Click to close ad below

प्रपोज त आए होलानी ?
- प्रपोज त कत्ति आए कत्ति तर सिरीयस्ली प्रपोज जस्तो की मेरो पिछा नै गर्नेहरु त ६ जनाजति भएछन् तर झटारो प्रपोज हान्ने त धेरै भए सम्झीसाध्यनै छैन भन्या ।

नेपालका सवैभन्दा मन पर्ने सेलिव्रेटीको नाम ?
- सुमन सिहं । उहाँ सिहं वंस नभए त मैले अहिलेसम्म प्रपोज हालीहाल्थे ।

जाडो मौसम रमाईलो कि गर्मी ?
-  मलाई जाडो र गर्मी दुवै मन पर्दैन त । बरु दशै तिहारको मौसम कुन बेला हो त्यो समय साह्रै रमाईलो लाग्छ ।
व्लु फिल्म हेर्नुभएको छैन ?
- हाहाहा.....(लामो हासोसँगै) नाई नाई अहिलेसम्म हेरेकी छैन ।

कमाएको पैसा के-के मा खर्चिनुहुन्छ ?
- धेरै त मेरो प्रशन्ली काममै खर्चिन्छु । कहिलेकाही मम्मीको वर्थडेमा उहाँलाई मन पर्ने चिज लगिदिन्छु अरु बेला पनि है हाहाहा..।

तपाईको मुखमा जत्तिवेला पनि हासो झुण्डीएको हुन्छ रुन आउदैन कि क्या हो ?
- हिहिहि ...(फेरी हाँसो) मेरो आखाँमा आशुँ आउनका लागी ठुलै चोट पर्नुपर्छ । नत्र त्यत्तीकै सानोतिनो चोटले त आउदैन । मैले एकपटक रोएको सम्झेकी छु की मेरो बुवा बित्दा । मलाई रूदाँ भन्दा पनि खुसीको क्षण रमाउन मन पर्छ क्या । कसैलाई हुन सक्छ रुदाँ पनि आनन्द आउँछ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News