Nepali Film

सरकारी कार्यालयकै शौचालयमा यौन प्रस्ताव कोरिएपछी...


२३ पुस, काठमाण्डौं । सार्वजनिक त के सरकारी कार्यालयकै शौचालयका भित्तामा अश्लील शब्द मात्र होइन, यौनप्रस्ताव नै कोरिएपछि कर्मचारी हैरान छन् । काठमाडौं महानगरपालिकाको भुइँतलास्थित सहरी विकास विभागछेउको महिला शौचालयमा मोबाइल नम्बरसहित यौनप्रस्ताव कोरिएको देखेपछि महिला कर्मचारीलाई हैरानी भएको छ ।

पहिलोपटक त्यस्तो प्रस्ताव लेखिएको देखेपछि महानगरपालिकाका महिला कर्मचारी झस्केका थिए । विभागमा भएका आठ महिला कर्मचारी उक्त शौचालय प्रयोग गर्छन् । १५ वर्षदेखि भान्से काम गर्दै आएकी हीरा गिरीले यस्तो यौनप्रस्ताव पहिलोपटक कोरिएको देखेको जानकारी दिँदै यो प्रस्ताव कोरिएको लामो समय भएको बताइन् । ‘आम्मै कहिले देख्न नपरेको कुरा देखेर कस्तो लाज लाग्यो । ट्वाइलेट जानै अप्ठ्यारो लाग्छ । त्यही भएर नलेखेको ट्वाइलेटमा हामी छिर्छौं,’ उनले भनिन्, ‘माथिल्लो लेबलमा यस्तो लाजमर्दो कुरा कसले गर्छ ?’

नक्सा दर्ता विभागमा दुई वर्षदेखि कार्यरत शर्मिला वज्राचार्यले शौचालयमा लेखिएको यौनप्रस्तावबारे हाकिमलाई भन्न नसकेर आफैँले मार्कर लगेर ‘भल्गर’ लाग्ने शब्द मेटाएको बताइन् । ‘हाकिमलाई भन्नै लाज छ कसरी अरूलाई बताउने ?’ उनले भनिन् ।

यो समस्याबाट विश्वभाषा क्याम्पस पनि अछुतो छैन । हजारौँ व्यक्तिले विभिन्न भाषाको ज्ञान लिने ठाउँको शौचालय भने लाजमर्दो छ । अंग्रेजी भाषा पढ्दै गरेकी नेहाले ‘स्टाफ’हरूको शौचालय भने सफा रहेको बताइन् । उनी प्राय: स्टाफहरूकै शौचालय प्रयोग गर्दिरहिछन् । पुरुष शौचालयदेखि महिला शौचालयसम्म अश्लील शब्दले भरिएका छन् । पुरुष शौचालयमा त केटीको फोन नम्बर पनि उल्लेख छ ।

त्यस्तै, नेपाल ल क्याम्पसको शौचालयको अवस्था पनि उस्तै छ । महिला शौचालयमा पेन्सिलले लेखेका शब्द सहजै देख्न सकिन्छ । क्याम्पस परिसरमा छिर्दा महिला शौचालय बाटोनेरै परेका कारण त्यहाँ धेरै अश्लील शब्द लेखेको पाइन्न । नेपाल प्रज्ञाभवनको शौचालयमा मार्करले लेखेका यौनप्रस्ताव र सम्पर्कका लागि इ–मेल ठेगाना लेखिएको छ । महिला शौचालयको ढोकापछाडि र पुरुष शौचालयको ढोकापछाडि पनि यस्ता अश्लील शब्द लेखिएको छ ।

स्रोत : सौर्य दैनिक
Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News