माघ २५ – प्रेमी पनि भाडामा ? धेरैलाई लाग्नसक्छ, यो त असंभव छ । तर ५ डलरमा नै एक घण्टाका लागि प्रेमी भाडामा लिन सक्नुहुन्छ ।
३ डलर थप तिर्नुभयो भने उसले तपाइँको गालामा चुम्बन पनि गर्छ । उसलाई तपाइँले घरमा पनि लैजानसक्नुहुन्छ । घरमा छुट्टै बेड दिने हो भने ८० डलर नभए ९५ डलर पर्छ ।
सुन्दा अचम्म, तर बिबिसीका हाम्रै छिमेकी देश चीनमा यस्तै भइरहेको छ । अंग्रेजी महिला फेब्रअुरीमा चीनको नयाँवर्ष पर्छ । नयाँवर्षमा घर बाहिर रहेका परिवारका सदस्य एकै ठाउँमा भेला हुन्छन् ।
चीनमा पनि नेपालमाजस्तै आफ्ना सन्तान २० वर्ष पार गरेपछि विवाह गर्न समाजिक दवाब हुन्छ । छोरीहरुमा यस्तो दबाब अझ बढी हुन्छ । परिवारका सदस्य भेला भएका बेला विवाह किन नगरेको भन्ने प्रश्नबाट बच्न चिनियाँ महिलाहरुले नयाँ वर्षमा भाडाको प्रेमीलाई परिवारसँग भेटाउने गरेका छन् ।
अविवाहित चिनियाँ महिलाको यही समस्यालाई बुझेर केही समाचार अनलाइनहरुले भाडाको प्रेमीबारे विज्ञापन नै दिने गरेका छन् । माथिको दिइएको मूल्य एक समाचार अनलाइनको विज्ञापनमा उल्लेख गरिएको मूल्य हो ।
नयाँ वर्षमा धेरै अविवाहित चिनियाँ महिला परिवारका सदस्यले यसबारे सोध्ने प्रश्नदेखि डराउँछन् । यस्तै एक महिला हुन् डिङ्. ना । ‘म बुढी भै सकेको छु, ३० वर्षको हुदाँ पनि एक्लै छु, म धेरै दवावमा छु । मेरा दिदीबहिनी र आफन्तले किन अहिलेसम्म बिहे नगरेको भनेर प्रश्न गर्छन् । उनीहरुले फोन गर्दा पनि मलाई उठाउन डर लाग्छ’ ना भन्नुहुन्छ ।
एक अनलाइन सेवाकी परामर्शदाता जोउ सियापेङका अनुसार अविवाहित महिलालाई समयमा विवाह नहुनुको पिडा अरु बेलामा भन्दा नयाँ वर्षको समयमा बढी हुन्छन् । किनकी त्यतिबेला परिवारका सबै सदस्य संगै हुन्छन् ।
‘चीनियाँहरु परिवारसँगै बसेर खाना खान मन पराउँछन् । नयाँ वर्षमा परिवारका विवाहित सदस्य आफ्नो जोडीसँग हुन्छन् । दाई भाउजुसँग, दिदी भिनाजुसँग, त्यो टेबलमा तपार्इँ मात्र एक्लै हुनुहुनेछ । त्यो बेला कस्तो महसुस हुन्छ तपाई आफैं अनुभव गर्न सक्नुहुन्छ ।’ सियापेङले भन्नुभयो ।
भाडाको प्रेमी बन्ने केटाहरुको अनुभव पनि थरि थरिका छन् । कृषि सामग्री बेच्ने लि ली पहिलो पल्ट भाडाको प्रेमी बन्ने प्रयासमा हुनुहुन्छ । नयाँ वर्षको बेलामा घर जान छाडेर उहाँ पैसा कमाउनका लागि भाडाको प्रेमी हुने निर्णय गर्नुभएको छ ।
‘मलाई रमाइलो नुभव भइरहेको छ’ ली भन्नुहुन्छ ‘यस मार्फत मैले मनमिल्ने केटी भेट्न पनि सक्छु, के थाहा मेरो जीवन साथी यसैमध्ये कोही पो हुन् की ?’ नयाँ वर्षका लागि ली लाई अहिलेसम्म ३० जना महिलाले सम्पर्क गरिसकेका छन् । तर उहाँ कोसँग जाने भन्ने कुराको टुङ्गो लागि सकेको छैन ।
यस्तो कुरा हामीलाई अचम्म लाग्ला तर चीनको पप संस्कृतिले यस्तो हुन सक्ने देखाएको छ । चीनका केही टिभी श्रृङ्खलाले पनि यस्तै विषयवस्तु देखाउने गरेका छन् । तर नयाँ पुस्ताले यस्तो कुरालाई खासै महत्व नदिएको विज्ञहरु बताउँछन् ।
नयाँ पुस्ताले आफुले जस्तै दवाव आफ्नो छोराछोरीले महसुस गरेको हेर्न चाहदैनन् । परिवर्तन त भै रहेको तर पुरै परिवर्तन हुन अझै २० देखि ३० वर्ष लाग्ने विज्ञहरुको भनाई छ ।