Nepali Film

न्यूड सिन पास गर्दै सेन्सरले दियो ‘किन किन’ लाई एडल्ट सर्टिफिकेट



लामो समयदेखि सेन्सरको झमेलामा परेको चलचित्र ‘किन किन’ ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यो चलचित्रलाई १६ बर्षभन्दा माथीका उमेरका व्यक्तिहरुले मात्र हेर्न पाउनेछन् ।चलचित्रको कुल समय मध्येको १० सेकेन्डका केही दृश्यहरु काट्दै चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको हो ।

 चलचित्रमा समावेश नायिका अरुणिमा लामाको न्यूड सिनलाई समेत सेन्सरले पास गरेको छ । यस्तै चलचित्रमा समावेश गायक राजेशपायल राइको चुम्बनको दृश्यलाई ५ सेकेन्डमा झारिएको छ । यस्तै राजेश हमाल र अरुणिमा लामा, राज तिमिल्सिना र शशी खड्का बिचको चुम्बनको दृश्यलाई पनि ५ सेकेन्डमा झारिएको छ ।चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिच सोफामा यौन सम्बन्ध राख्दै गरेको दृश्य समावेश छ । तर सेन्सरले यो दृश्यमा कुनै कैची लगाएको छैन ।


 उकेश दाहालको निर्देशनमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, शशी खड्का, राज तिमिल्सिना, सुभाष थापा, नव नायिका अरुणिमा लामाको मुख्य भुमिका छ । ‘तन बुढो भएपनि मन वुढो हुदैन’ भन्ने बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिचको उत्तेजक दृश्यहरु प्रशस्त समावेश गरिएको छ । तर चलचित्र सेन्सर बोर्डले यस्ता दृश्यमा कैची नचलाई एडल्ट सर्टिफिकेट दिएको हो । फागुन २५ गतेबाट प्रदर्शनमा ल्याइने भनिएपनि सिनेमाको प्रदर्शन मिति केही समय पर सारिएको छ ।



भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News