ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले हिउँदको समयमा अहिलेकै अवस्थामा १८ देखि २० घन्टा लोडसेडिङ हुन सक्ने बताएका छन्। आज आयोजित साक्षात्कार कार्यक्रममा राज्यमन्त्री दोङले बढ्दो लोडसेडिङलाई ध्यानमा राखी सरकारले भारतबाट बिजुली आयात गर्ने तथा डिजेल प्लान्ट राख्नेबारे गृहकार्य सुरु गरेको जानकारी दिए उनले भारतबाट तत्कालै १३० मेगावाट बिजुली ल्याउनका लागि सम्झौता भइसकेको र त्यसबाहेक थर्मल (डिजेल) प्लान्ट ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिए।
कार्यक्रममा पूर्व ऊर्जामन्त्री एवम् एमाले नेता गोकर्ण विष्टले सरकारले लोडसेडिङ घटाउनेतर्फ लाग्नुभन्दा अनावश्यक रूपमा १८-१९ घन्टा लोडसेडिङ हुन्छ भन्दै जनतालाई तर्साउन खोजेको आरोप लगाए।विभिन्न वित्तीय संस्था, उद्योग र होटलमा रहेका पावरप्लान्टलाई सरकारले प्रयोग गर्ने हो भने मात्रै थप १५० मेगावाट उत्पादन गर्न सकिने तथा चुहावट नियन्त्रण गर्ने हो भने ७०-८० मेगावाट थप बिजुली थप्न सकिने लगायतका विकल्पमा सरकारले ध्यानदिए धेरैमात्रामा लोडसेडिङ घट्ने दाबी विष्टले गरे।
उनले भने- मेरो कार्यकालमा पनि थर्मलप्लान्टको प्रस्ताव आएको थियो, नेपालका लागि थर्मल प्लान्टको बिजुली धान्नै नसकिने महँगो पर्छ ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्कीले यस वर्ष १३०, अर्को वर्ष १४५ र त्यसपछिको वर्ष १५० मेगावाट बिजुली भारतबाट ल्याउने तयारी भइरहेको र त्यसका लागि मन्त्रालयको टोली अहिले भारतको राजधानी नयाँ दिल्लीमा पुगी छलफल गरिरहेको जानकारी दिए। रासस