नेपाली सांगीतिक आकाशमा १० बर्ष अघि निकैनै चर्चा कमाएको नेपाली ब्याण्ड निर्माण एण्ड म्यूजिक लिंक एका एक हराएको थियो । सांगीतिक पारखिहरु बिच सम्पर्क बिहिन रहेको ब्याण्डले हिजो राजधानीको लाजिम्पाट स्थित एक रेष्टुरेन्टमा आफ्नो दोस्रो एल्बम निर्माण एण्ड म्युजिक लिंक भिल्यूम -२ सार्बजनिक गरेको छ । एल्बम सञ्चारकर्मि कृ्ष्ण भट्टराई,एल्बम रिलिज गर्ने संस्था जेड इन्टरमेन्ट का जगत बोहरा, संगीतकार सुनील बर्देवा र ब्याण्डका सदस्यहरुले एक साथ गरेका छन् । ‘निर्वाण एन म्युजिक लिंकको भोल्यूम टु‘ सार्बजनिक गर्दै गायक प्रमोद निर्माणले अहिले ब्याण्डका सदस्यहरुमा आफू बाहेक दिनेश लिम्बु (बास गिटार), मेम्सन चित्रकार (लिड गिटार), उत्तम थापा (गिटार) तथा सन्जीत थापा (ड्रम) मा रहेको बताएका छन् ।
Watch Here
गीतीसंग्रह सार्बजनिक गर्ने क्रममा सोहि एल्बमबाट फर्केर तिमीले, छोटो जीबन र कस्तो दिन बोलका गीतको म्यूजिक भिडियो समेत सार्बजनिक गरिएको थियो । एल्बममा बारेमा जेड म्यूजिक कम्पनीका म्यानेजर एबमं गायक जगत बोहोराले प्रष्ट्याएका थिए । एल्बमलाई जेड म्यूजिक ले बजार ब्यबस्थापन गरेको छ ।