Nepali Film

सेक्स गर्दा किन चिच्याउँछ युवतीहरू


पछिल्लो अध्ययनले महिलाहरु सम्भोगका बेला ओछ्यानमा समेत बढि आवाज निकाल्ने गरेको कुरा पत्ता लगाएको छ ।हालै गरिएको सर्वेक्षणका अनुसार ९६ प्रतिशत महिलाहरु सेक्सका दौरान आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् । ११ सय ७१ जना मानिसमा गरिएको अध्ययनका क्रममा ९६ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए ।

त्यस्तै ७० प्रतिशत पुरुषले सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा स्विकार गरे ।‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुष भन्दा बढि आवाज निकाल्छन् ।’ एक वेबसाइटले लेखेको छ । यौन विज्ञहरुले भने सेक्स तथा टेनिसका दौरान महिलाले बढि हल्ला गर्नुको वैज्ञानिक कारण पत्ता लागि नसकेको बताएका छन् । सेक्सका दौरान महिलाले बढि आवाज निकाल्नुको कारण उनीहरुले चरम सन्तुष्टि पाएको बहानाबाजी गरेर पार्टनरलाई बढि आनन्द प्रदान गर्नु रहेको कतिपयको ठम्याइ छ ।

महिलामा चरमोत्कर्ष ढिलो प्राप्त हुने भएकाले जति आवाज निकाल्यो उतिछिटो चरम आनन्द प्राप्त हुन्छ भन्ने विश्वासमा समेत महिलाहरुले सेक्सका दौरान आवाज निकाल्ने गरेका केही यौनविज्ञहरु बताउँछन् ।
Video Click to close ad below

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News