

डेढ बर्षअघि विवाह बन्धमा बाँधिएका अष्टे्रलिया भिक्टोरिया राज्यका जेरार्ड र शेरे मिचेलले फोटोग्राफर फेरिसलाई भनेजति पैसा नदिएपछि मुद्दा लम्बिएको थियो ।
दम्पतिले आफ्नो बिहेमा चुम्बन गरेको, रिबन काटेको र विवाह प्रमाणपत्रमा हस्ताक्षर गर्दाको फोटो नखिचेको भन्दै पूरा पैसा दिन इन्कार गरेका थिए ।
दुईहजार ७ सय डलरमा दिनभर फोटो खिच्ने सम्झौता भएपनि भनेभन्दा चार सय डलर कम रकम पाएपछि फोटोग्राफरले सरकारी ढोका धक्ढक्याएका थिए ।
भिक्टोरिया राज्य प्रशासनले भर्खरै ती दुई पक्षबीचको झगडा सल्टाएको छ । फोटोग्राफर फेरिसले क्षतिपूर्तिबापत् ६ हजार डलर माग गर्दै प्रशासनमा उजूरी दिएका थिए ।