
के तपाइ आफ्नो वैवाहिक जिन्दगीमा खुशी हुनुहुन्छ । यदी हुनुहुन्छ भने यसको साइड इफेक्ट को सामना गर्न पनि तयार रहनुस् । तपाइले यसको मूल्य आफ्नो बढ्दो तौलबाट चुकाउन पर्ने हुन्छ । एक नयाँ अध्ययन अनुसार जो मानिस आफ्नो वैवाहिक जिन्दगीमा खुशी हुन्छन् तिनीहरुको तौल बढ्ने सम्भावना धेरै हुन्छ ।
डलासमा सर्दन मेथोडिस्ट यूनिवर्सिटीको शोधकर्ताले चार वर्षसम्म १६९ नयाँ बैवाहिक जोडीको अध्ययन गरेका थिए । बैज्ञानिकले आठ वर्षसम्म ती जोडीहरुको तौल पनि नापेको थियो । जुन जोडी आफ्नो वैवाहिक सम्बन्धमा खुशी छन् तिनीहरुको धेरै मात्रामा तौल बढेको र जुन जोडी खुशी छैनन् तिनीहरुको तौल अपेक्षा भन्दा घटेको अध्ययनमा बताएका छन् ।
प्रमुख शोधकर्ता एंड्रयू मेल्तजेरले वैवाहिक जिन्दगीमा खुशी नहुने जोडीहरुले आफ्नो तौल विभिन्न तरिकाबाट नियन्त्रित गर्ने गर्छन् । किनभने तिनीहरु सम्बन्ध विच्छेद गर्ने बारे सोच्छन् र नयाँ साथी प्रति आकर्षित हुने बताएका छन् ।