Nepali Film

नायिका रेखा थापालाई एक संस्थाले सद्भावना दूतमा नियुक्त


नेपाली चलचित्रका कलाकारहरु बिभिन्न संघसंस्थाका सद्भावना दूत नियुक्त हुने गरेका छन् । यसै क्रममा नायिका रेखा थापालाई एक संस्थाले सद्भावना दूतमा नियुक्त गरेको छ ।

प्रकोप पूर्व तयारी सञ्जाल नेपाल नामक संस्थाले उनलाई सद्भावना दूतमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा संस्थाका अध्यक्ष मिनबहादुर क्षेत्री र नायिका रेखा थापाले यस सम्बन्धी निर्णयपत्रमा हस्ताक्षर गरेका थिए ।

सद्भावना दुतमा नियुक्त भएपछि नायिका थापाले आफूले सकेको र आफ्नो दिमागले भ्याएसम्म काम गर्ने बताइन् । प्रकोप जोखिम न्युनिकरणको मस्यौदा विधेयक तयार गरेर सरकारलाई बुझाएको ५ वर्ष भैसक्दा पनि ऐन तयार नभएको भन्दै संस्थाले अब आन्दोलन थाल्ने बताएको छ । यसका लागि संस्थाले दूत बनाइएकी नायिका थापाले सहयोग गर्ने आशा गरेको छ ।

कार्यक्रममा नायिका रेखाले भनिन्-’नेताहरुको समय आफ्नै व्यक्तिगत काममा बितिरहेको छ, यसैले पनि यस्तो विषयमा नेताहरुले केही सोच्न सक्दैनन् ।’ उनले सर्लाहीको महोत्सवमा नेता माधवकुमार नेपालसग एउटै स्टेजमा रहँदा ४ घन्टा कुरा गरेको संझदै भनिन्-’उहाँ जाडोबाट पीडित जनताको लागि कपडा बाँड्ने तयारीमा हुनुहुन्थ्यो, तर कपडा बाँडेर मात्र हुँदैन, मैले भने ।’

उनले ंसंस्थाले गर्न लागेको उद्देश्य प्राप्त हुन्छ भने अबश्य पहल गर्ने बताइन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मिनवहादुर क्षेत्रीले अब तीन महिने देशव्यापी अभियान थाल्ने बताए । उनले विधेयक पारित गराउनका लागि हस्ताक्षर, अन्तक्रिर्या लगायतका कार्यक्रम गर्ने बताए । नायिका रेखा थापा यसअघि पनि एक लागुपदार्थ दुव्र्यसनी बिरुद्धको संस्थाको दूत बनिसकेकी छिन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News